राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, ११ फाल्गुन, २०८०
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर केशरजंग बराल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा कुलपति कार्यालयले बिहीबार त्रिविको २० औं उपकुलपतिमा पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति बराललाई नियुक्त गर्ने निर्णय गरेको हो । बराल व्यवस्थापन संकायअन्तर्गतको वित्त विषयका प्राध्यापक हुन् । व्यवस्थापन प्रशासन र वाणिज्यमा त्रिभुवन विश्वविद्यालय बाट स्नातकोत्तर गरेका बरालले भारतस्थित दिल्ली विश्वविद्यालयबाट विद्यावारिधि समेत गरेका छन् ।करिब ३७ वर्ष पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन गरेर उनी दुई वर्षअघि अवकाश भएका थिए । अवकाश पाए पनि त्रिवि र नेपाल खुला विश्वविद्यालयको सभा सदस्य छन् भने विश्वविद्यालय अनुदान आयोगमा विज्ञ सदस्यका रूपमा सक्रिय छन् । ।