शुक्रबार, ६ मंसिर, २०८२

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको जहाज दुर्घटना

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ९ श्रावण, २०८१

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा   सौर्य   एअरलाइन्सको जहाज दुर्घटना

काठमाडौँ  –त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज  दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि उडेको जहाज आज बिहान विमानस्थल क्षेत्रभित्रै दुर्घटना भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको सौर्य एअरलाइन्सको जहाजबाट १३ जनाको शव निकालिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जहाजभित्र १९ जना यात्रु रहेको बताईएको छ ।

क्याप्टेन मनिष शाक्यलाई उद्धार गरी अस्पताल लगिएको छ । क्याप्टेन शाक्यको टाउकोमा चोट लागेको छ ।

आज बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज धावनमार्ग छाडिसकेपछि भुइँमा बजारिएको हो । भुइँमा बजारिएपछि जहाजमा आगो लागेको छ । अहिले उद्धारको काम भइरहेको छ ।

advertisement_1676553851.gif