राष्ट्रिय सन्देश संबाददाता, बुधबार, ९ श्रावण, २०८१
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनापरि १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ ।
सौर्य एयरलाइन्स CRJ7 (Reg-9NAME) काठमाडौंबाट पोखराका लागि उडेको जहाज उडानको क्रममा स्थानीय समय ११:११ बजेको समयमा उडने बितिकै दाहिने तिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्ति दुर्घटना भएको जहाजमा लागेको आगो उद्दार टोलीले नियन्त्रण लिई १८ जनाको शव संकलन गर्नुको साथै एक जना घाइते भएको विज्ञप्तिमा जनाएको छ ।