राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, ५ मंसिर, २०८०
काठमाडौँ। मंगलबार सर्वोच्च अदालतमा न्यायाधीश विनोद शर्माको इजलासले सामाजिक संजाल टिकटक प्रतिबन्धविरुद्धको रिटमा सरकारलाई कारण देखाउ आदेश भएको थियो। टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयलाई चुनौती दिने निवेदनको सम्बन्धमा अदालतले १५ दिन भित्र लिखित जवाफ पेश गर्न सरकारलाई निर्देशन दिएको छ । यस विषयमा विस्तृत सुनुवाई मंगसिर १९ मा तोकिएको छ।
टिकटक सामाजिक सद्भावमा आँच पु¥याउने र पारिवारिक संरचना र सामाजिक सम्बन्धमा खलल पु¥याउने प्रचारप्रसार गरेको भन्दै सरकारले गत असोज १० गते टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा जम्मा १३ वटा छुट्टाछुट्टै रिट निवेदन परेका थिए । तीमध्ये १२ वटामा टिकटकमा लगाइएको प्रतिबन्ध खारेज गर्न माग गरेको थियो भने एउटामा नियामक उपायहरू अन्तर्गत टिकटकलाई पुन: खोल्ने प्रस्ताव गरेको थियो।