शुक्रबार, ६ मंसिर, २०८२

सरकारले सौर्य एयरलाइन्स जहाज दुर्घटनामा निधन भएकाहरुको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइँदै

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १० श्रावण, २०८१

सरकारले सौर्य एयरलाइन्स जहाज दुर्घटनामा निधन भएकाहरुको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइँदै

काठमाडौं, साउन १० । सरकारले सौर्य एयरलाइन्स जहाज दुर्घटनामा निधन भएकाहरुको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आज बिहीबार राष्ट्रिय झण्डा आधा झुकाएर शोक मनाउने निर्णय गरेपछि आज देशभरका सरकारी कार्यालयमा रहेका झण्डा आधा झुकाइदै छ ।

बुधबार काठमाडौंबाट पोखराको लागि उडेको सौय एयरलाईन्सको जहाज धावनमार्ग छाडेर करिब पाँच सय मिटर उडेसँगै दुर्घटनामा परेको थियो । दुर्घटनामा परेका १८ जनाको निधन भएको छ भने जहाजका पाइलट मनिषरन्त शाक्यको सकुशल उद्धार गरिएको थियो ।

उक्त जहाजमा २ जना चालक दलको सदस्य र बाँकी १७ जना सोही एयरलाइन्समा कार्यरत प्राविधिक तथा इन्जिनियरहरु रहेका थिए ।

जहाज दुर्घटनामा मृृृृृृृृृृृृत्‍यु हुनेहरुमा कोपाइलट एस कटुवालसहित अमितमान महर्जन, सागर आचार्य, दिलिप वर्मा, मनुराज शर्मा, आश्विन निरौला, सुदीपलाल जोशी, शर्वेस मरासैनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही, प्रिजा खतिवडा र आरिफ रेडा रहेका छन्।

advertisement_1676551694.gif