शुक्रबार, ६ मंसिर, २०८२

सरकारले नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २७ बैशाख, २०८१

सरकारले नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने जानकारी दिएकी हुन्।

आउँदो जेठ १ गते दिउँसो ३ बजे संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गरिने उनले बताइन्। 

advertisement_1676553908.gif