शुक्रबार, ६ मंसिर, २०८२

सरकारले गर्यो १८ देशका लागि राजदूत नियुक्त, भारतमा शंकर शर्माकै निरन्तरता

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १४ श्रावण, २०८१

सरकारले गर्यो १८ देशका लागि राजदूत नियुक्त, भारतमा शंकर शर्माकै निरन्तरता

काठमाडौं, साउन १४ । मन्त्रिपरिषदको बैठकले विभिन्न देशका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गर्ने र केही देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । साेमबार बसेकाे मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो।

सरकारले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, दक्षिण कोरिया, कतार, भारत, पाकिस्तान, दक्षिण अफ्रिका, रुस, चीन, डेनमार्क, पाकिस्तान,अस्ट्रेलिया, मलेसिया, साउदी अरब, इजरायल, जर्मनीका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेकाे छ।

सरकारले भारतका लागि नेपाली राजदूतमा डा शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्‌ले पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, पूर्वसचिव चन्द्र घिमिरे राजदूतमा सिफारिस गरेको छ।

दक्षिण कोरियाको लागि भने पूर्व कानूमन्त्री तथा पूर्व उपसभामुख शिवमाया तुम्बाहाम्फेको नाम सिफारिश भएको छ ।

advertisement_1680627680.gif