शुक्रबार, ६ मंसिर, २०८२

सरकारले गर्यो नेपालमा टिकटक बन्द गर्ने निर्णय।

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २७ कार्तिक, २०८०

सरकारले गर्यो नेपालमा टिकटक बन्द गर्ने  निर्णय।

काठमाडौँ —  सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको  छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको हो ।सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरिएको सरकारले बताएको छ। 

नीतिगत रूपमा सरकारले  टिकटक आजदैखि नै बन्द गरे पनि  प्राविधिक रूपमा कति समय लाग्छ त्यसको एकिन भने गरिएको छैन। पछिल्लो समय  सामाजिक सञ्जाल टिकटकबाट लगातार रूपमा सामाजिक सद्भाव बिथोलिने गरेर  पारिवारिक संरचना, सामाजिक सम्बन्ध धार्मिक सध्भाब समेत  खलबल हुनेगरी लगातार प्रचारप्रसार भइरहेको  देखिएको थियो। कतिपयले सरकारको यो कदमलाई आलोचना गरेका छन्। लोकतन्त्रमा व्यक्तिको स्वतन्त्रतालाई आघात पुग्ने गरि सामाजिक संजालमा प्रतिबन्ध लगाउनु गलत भएको अभिव्यक्ति दिएका छन्। तर छिमेकी देश भारत लगायत थुप्रै लोकतान्त्रिक देश हरुमा पनि  टिकटक माथि प्रतिबन्ध लगाइएको छ। 

अभिव्यक्ति स्वतन्त्रता आधारभूत अधिकार भए पनि जसले जसलाई जे बोले पनि हुने प्रवृत्ति बढेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको हो । पछिल्लो समयमा  १ हजार ६ सय ४८ वटा साइबर अपराधका उजुरी दर्ता भएकोमा अधिकांश टिकटकसँग सम्बन्धित भएको तथ्यांक छ ।

advertisement_1680627680.gif