शुक्रबार, ६ मंसिर, २०८२

सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २४ जेष्ठ, २०८१

सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय

काठमाडौँ, जेठ २४ । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूत फिर्ता बोलाएको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले तत्कालीन नेपाली कांग्रेससहितको गठबन्धन सरकारको पालामा नियुक्त राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारत, बेलायत, अमेरिका, दक्षिण कोरिया, कतार, साउदी अरब, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका लागि राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय भएको बताइन् ।

सरकारले भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा, बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, अमेरिकाका लागि नेपाली राजदूत प्रा. श्रीधर खत्री, इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल, दक्षिण कोरियाका लागि नेपाली राजदूत प्रा.डा. ज्योति प्याकुरेल(भण्डारी), कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकाल र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलसहितलाई फिर्ता बोलाएको हो ।

advertisement_1680627680.gif