शुक्रबार, ६ मंसिर, २०८२

सहकारी संसदीय छानबिन विशेष समितिद्वारा कार्यविधि पारित

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ३ असार, २०८१

सहकारी संसदीय छानबिन विशेष समितिद्वारा कार्यविधि पारित

काठमाडौँ असार २ । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले आन्तरिक कार्यविधि पारित गरेको छ । संसद् भवन नयाँ बानेश्वरमा आइतबार बसेको छानबिन समितिले सुझावससहित आन्तरिक कार्यविधि सर्वसम्मतले पारित गरेको हो।

संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको छानबिन समितिले सुझावससहित आन्तरिक कार्यविधि सर्वसम्मतले पारित गरेको समिति संयोजक सूर्य थापाले जानकारी दिए ।

विगतमा विभिन्न छानबिन समिति, जाँचबुझ आयोग लगायतले विगतमा अध्ययन गरेका प्रतिवेदन उपलब्ध गराउन सम्बन्धित निकायलाई पत्राचार गरिएकोमा अधिक संख्यामा पत्र प्राप्त भएको र बाँकी प्रतिवेदन उपलब्ध गराउन निर्देशन दिइसकेको उनले बताए ।

उनले आगामी दिनमा संघीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड र समस्याग्रस्त सहकारीका व्यवस्थापन लगाएतका निकायहरुसंग समितिले छलफल गर्ने उल्लेख गरे । सहकारी प्रकरणमा सम्बन्धीत व्यक्तिहरुसँग सोधपुछ गर्ने र थप अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सिफारिस गर्ने उनको भनाइ छ ।

गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो । समितिलाई पहिलो बैठक बसेको मितिले तीन महिनाभित्र कार्यसम्पन्न गरि प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।

आजको बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाका प्रमुख सचेतक, टीओआर निर्माण गर्दा बनेको कार्यदलका सदस्यहरु सदस्यहरु सहभागी थिए ।

advertisement_1676998982.gif