शुक्रबार, ६ मंसिर, २०८२

सहकारी संसदीय छानबिन समितिद्वारा कानूनी परामर्श सुरु

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ६ असार, २०८१

सहकारी संसदीय छानबिन समितिद्वारा कानूनी परामर्श सुरु

काठमाडौँ, असार ५ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कानुनी परामर्श सुरु गरेको छ । बुधबार संसद भवन परिसरमा बसेको संसदीय छानबिन विशेष समितिले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानून आयोगलगायतका पदाधिकारीहरूसँग छलफल गरेको हो । 

बैठकपछि जानकारी दिँदै विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल कानुन आयोगका सचिवसहितका अधिकारीहरूसँग परामर्श गरेको बताए । उनले कानूनी अस्पटता, अधिकार क्षेत्रको बाँडफाँडसँग सम्बन्धित विषय लगायतका प्रश्नहरुमा छलफल भएको बताए ।

उनले नेपाल कानून आयोगका सचिव तोयनाथ अधिकारी, नेपाल कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हिमलचन्द्र अर्याल र नेपाल कानून आयोगका सहसचिव पाश्र्वत ढुंगानासँग छलफल भएको बताए ।

उनीहरूसँगको छलफलले संविधान, कानुन र अभ्यासहरूले गरेका प्रबन्धका सन्दर्भमा स्पष्टता महसुस भएको सभापति थापाले बताए । समितिले अर्को बैठक असार १० गते बस्ने भएको छ ।

advertisement_1676551646.gif