शुक्रबार, ६ मंसिर, २०८२

सबै प्रहरी युनिटमा महिला सहायता कक्ष स्‍थापना हुने

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १ जेष्ठ, २०८१

सबै प्रहरी युनिटमा महिला सहायता कक्ष स्‍थापना हुने

काठमाडौं । सरकारले नेपाल प्रहरी अन्तर्गतका सबै चौकीमा महिला सहायता कक्ष स्थापना गर्ने भएको छ । बलात्कार तथा घरेलु हिंसाका घटनामा न्यायिक निरुपणको व्यवस्थापनलाई छरितो बनाउन सबै प्रहरी युनिटमा सरकारले महिला सहायता कक्ष स्थापना गर्न लागेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा भने, ‘बलात्कार तथा घरेलु हिंसा लगायत सबै प्रकारका हिंसा, विभेद र शोषणसम्बन्धी मुद्दामा सरल, सुलभ र छिटो न्यायिक निरूपण हुने व्यवस्था मिलाइनेछ ।’

बालबालिकामाथिको दुर्व्यवहार, महिला हिंसा, मानव बेचबिखन, बलात्कार, छुवाछुत, लागुपदार्थ दुर्व्यवसन, छाउपडी, दाइजो तथा तिलकजस्ता सामाजिक विकृति र शोषण अन्त्य गरिने समेत उनले बताए ।

हाल मुलुकभर साढे २ हजार प्रहरी युनिट छन् ।

advertisement_1676551537.gif