राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, २८ भाद्र, २०८०
काठमाडौँ । संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनलाई पशुपति आर्यघाटमा छोराहरु मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिएका थिए । नेम्वाङको अन्त्येष्टि नेपाली सेनाको एक टुकडीले तोपसहितको सलामी अर्पण गरेको थियो ।
यसअघि पशुपति आर्यघाटमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर सरकारको तर्फबाट सम्मान व्यक्त गरेका थिए ।
पशुपति आर्यघाट पुगेर सभामुख देवराज घिमिरे, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, काँग्रेस सभापति शेरबहादुर देउवा, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन लगायतका विभिन्न राजनीतिक दलका शीर्ष नेता, नेता तथा कार्यकर्ता शुभेच्छुकले पशुपति आर्यघाट पुगेर श्रद्धाञ्जली दिएका थिए ।
बिहीबार बिहान नेम्वाङ निवास बालुवाटारबाट शवयात्रासहित नेम्वाङको पार्थिव शरीरलाई पशुपति आर्यघाट पुर्याइएको हो ।
मङ्गलवार च्यासलस्थित पार्टी कार्यालयमा राखिएको नेम्वाङको पार्थिव शरीरलाई बुधवार दिउँसो निजी निवास बालुवाटार लगिएको थियो । बिहीबार निजी निवास बालुवाटारबाट शवयात्रासहित उनको पार्थिव शरीरलाई पशुपति आर्यघाट लगिएको हो ।
उनको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।




.jpg)



