राष्ट्रिय सन्देश संबाददाता, शनिबार, ३० भाद्र, २०८०
काठमाडौं । सरकारले, हरेक वर्ष संविधान दिवसका बाँड्दै आएको विभूषण वितरण नगर्ने भएको छ ।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले, संविधान दिवसका अवसरमा हरेक वर्ष बाँड्दै आएको पदक, विभूषण र अलंकार नबाँड्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
सरकारद्वारा संविधान र गणतन्त्र दिवससहितका उपलक्ष्यमा बाँडिएका विभूषणहरुबारे बारम्बार प्रश्न उठेपछि मन्त्रिपरिषद्ले यसपटक पदक नबाँड्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले, कर प्रणालीको सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरेको छ ।