शुक्रबार, ६ मंसिर, २०८२

सोती घटना प्रकरणमा २३ जनालाई जन्मकैद।

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १९ मंसिर, २०८०

सोती घटना प्रकरणमा  २३ जनालाई जन्मकैद।

काठमाडौँ। रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा नवराज विकसहित छ जनाको हत्यामा संलग्न रहेका २३ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको फैसला सजाय सुनाएको छ ।

आज न्यायाधीश खड्कबहादुर केसीको इजलासले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको हो । यस्तै अदालतले आठ जनालाई सफाइ दिएको छ । हत्या गरिएका नवराज विककी प्रेमिका, प्रेमिकाकी आमा र भाइलाई अदालतले जातीय छुवाछुतमा दोषी ठहर गरेको छ भने  उनीहरूलाई दुई वर्ष कैद फैसला गरेको छ ।

२०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा जाजरकोटका नवराज विक र उनका  साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाहीको ज्यान गएको थियो । उनीहरूको शव दुई हप्तासम्मको खोजीपछि भेरी नदी किनारबाट सङ्कलन गरिएको थियो । त्यस घटनामा १२ जना घाइते भएका थिए ।

याे घटनाकाे मुद्दामा गएकाे आइतवारदेखि अन्तिम सुनुवाइ शुरु भएको थियो।  आज अन्तिम आदेश आएकोमा  दोषीहरूलाई जातीय छुवाछुतको कसुरमा थप दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिबानाको पनि फैसला भएको छ ।

नवराजका बुबा मुनलालको जाहेरीका आधारमा चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध मुद्दा चलेको थियो । उनीहरूमध्ये किशोरीकी आमा धरौटीमा र अरू १० जना सामान्य तारिखमा छुटेका थिए भने २३ जना पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

advertisement_1676553851.gif