शुक्रबार, ६ मंसिर, २०८२

संसदीय छानबिन विशेष समितिले रवि लामिछानेसँग बयान लिने

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ३ भाद्र, २०८१

संसदीय छानबिन विशेष समितिले रवि लामिछानेसँग बयान लिने

तस्विर: राष्ट्रिय सन्‍देश

काठमाडौं, भदौ ३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले बयान लिने भएको छ ।

समितिले आगामी भदौ ७ गते लामिछानेसँग बयान गर्ने तयारी गरेको बताइएको छ ।

रास्वपाका सभापति एवं पूर्व उपप्रधानमन्त्री लामिछानेमाथि गोर्खा मिडियामा रहँदा पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी र चितवनको सहारा सहकारीबाट रकम अपचलन गरेको आरोप छ ।

advertisement_1676551537.gif