राष्ट्रिय सन्देश संबाददाता, बुधबार, १३ असार, २०८१
काठमाडौं, असार १२ । सहकारी सम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष समितिले गोर्खा मिडिया नेटवर्क प्रालिसहित ९ सहकारीको कागजात माग गर्ने निर्णय गरेको छ ।
समितिको बुधबार बसेको छैठौं बैठकले विभिन्न सहकारीबाट गोर्खा मिडिया लगायतमा प्रवाह भएको रकमको कागजात उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको हो।
समितिले आइडियल यमुना बहुउद्देश्यीय सहकारी, इमेज, सहारा, समानता, सानो पाइला, सुमेरू र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीलगायतबाट साधारण सभाको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरीवेक्षणकाे प्रतिवेदन र वित्तीय विवरण मगाउने निर्णय गरेको हो ।
साथै समितिको छैटौं बैठकले पूर्वमन्त्री दीपकप्रकाश बास्कोटा, सहकारीविज्ञ केशवप्रसाद बडालसँग पनि छलफल गरेको छ ।