शुक्रबार, ६ मंसिर, २०८२

संसदीय छानबिन समितिको कार्यादेश टुङ्गाे लाग्याे, ४ बुँदे सहमति पत्रसहित

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १५ जेष्ठ, २०८१

संसदीय छानबिन समितिको कार्यादेश टुङ्गाे लाग्याे,  ४ बुँदे सहमति पत्रसहित

काठमाडौँ, जेठ १५ ।  सत्तापक्ष र प्रमुखपक्षी दलबीच संसदीय समितिको कार्यादेश (टीओआर) मा ४ बुँदे सहमति गरेको छ । आज कानुन मन्त्रालयमा बसेको कार्यदलको बैठकले ४ बुँदे सहमति गरेको हो।

केही बेरअघि सम्पन्न कार्यदलको बैठकले संसदीय समितिको चार बुँदे टीओआर टुङ्गो लगाएको कार्यदल सदस्य महेश बर्तौलाले जानकारी दिनुभयो ।

सहमतिमा समग्र सहकारीको संरचनात्मक समस्या हेर्ने, समस्याग्रस्त सहकारीको विषय हेर्नेर गोरखा मिडिया नेटवर्कसँग सम्बन्धित व्यक्तिमाथि छानविन गर्ने छ।

संसदीय समितिले सहकारी संस्थाहरूमा देखिएको सङ्कट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवम् वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने सहमति भएको छ ।

advertisement_1676551646.gif