शुक्रबार, ६ मंसिर, २०८२

सांसद वीरेन्द्र महतोले घुस दिएको भन्ने विषयमा छानबिन गर्न समिति गठन

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ८ श्रावण, २०८१

सांसद वीरेन्द्र महतोले घुस दिएको भन्ने विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं, साउन ८ । पूर्वमन्त्री तथा सांसद वीरेन्द्र महतोले छोराको प्रमाणपत्र समकक्षता प्रमाणीकरणका लागि घुस दिनुपरेको घटनालाई लिएर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छानबिन समिति गठन गरेको छ । 

पूर्वमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) का सांसद वीरेन्द्र महतोले पाठ्यक्रम विकास केन्द्रबाट सेवा लिँदा घुस दिनुपरेको बताएपछि मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशकको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

मन्त्रालयका प्रवक्ता केशवप्रसाद दहालका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्रबाट जारी हुने समकक्षताको प्रमाणपत्र प्रदान गर्ने विषयमा छानबिन समिति गठन गरिएको हो ।

मन्त्रालयले समकक्षताको प्रमाणपत्र लिँदा अपनाउनुपर्ने प्रक्रिया, सोमा लाग्ने दस्तुर लगायतका विषयवस्तुका सम्बन्धमा आवश्यक छानबिन गरी सात दिन भित्रमा प्रतिवेदन पेस गर्न भनिएको छ ।

advertisement_1680627706.gif