राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, ५ असार, २०८१
काठमाडौं, असार ५ । नयाँ बानेश्वरस्थित संसद भवनभित्र भेटिएका प्रहरी जवानले आत्महत्या गरेका छन् । बुधबार बिहान २२ वर्षीय प्रहरी जवान अजित गोले मृत भेटिएका हुन् ।
दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोलेले आफैंले बोेकेको इन्सास राइफलले आफैंलाई गोली हानेर आत्महत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।
गोले २ नम्बर गेटमा ड्युटी गर्दै गर्दा अजितले शौचालय छिरेर गोली हानेका थिए । प्रहरीको विशेष सुरक्षा दस्ता (एसटीएफ) मा कार्यरत् रहेका उनले आफैँले बोकेको पेस्तोलले निधारमा गोली हानेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी नेपाल प्रहरीमा ३ वर्षदेखि कार्यरत् थिए ।