राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, ११ श्रावण, २०८१
काठमाडौँ, साउन ११ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनेमध्ये पाँच जानाको शव आफन्तले बुझेका छन् । शुक्रबार बिहान शवहरूको पोस्टमार्टम सकिएसँगै आफन्तलाई शव बुझाउन थालिएको हो।
विमान दुर्घटनामा ज्यान गुमाउने उद्धव पुरी, अश्मिन निरौला, श्याम विन्दुकर, राजाराम आचार्य र को–पाइलट सुशान्त कटवालका परिवारले आज शव बुझेको अस्पताल प्रशासनले जनाएको छ।
विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने क्याप्टेन मनिषरत्न शाक्य घाइते भएका थिए। उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ।