राष्ट्रिय सन्देश संबाददाता, बुधबार, ९ जेष्ठ, २०८१
काठमाण्डाै । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषालेतीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । नागरिकता दुरुपयोग उजुरीमा हिजो पक्राउ परेका सिरोहियालाई जिल्ला अदालतका न्यायाधीश चुडामन खड्काको इजलासले यस्तो अनुमति दिएको हो ।
सिरोहियालाई काठमाण्डौको थापाथलीमा रहेको कान्तिपुर पब्लिकेसन्सकाे केन्द्रीय कार्यालयबाटै प्रहरीले हिजो पक्राउ गरेको थियो । सिरोहियाको नागरिकताको प्रतिलिपिमा जन्ममिति किर्ते गरेर पछि थप गरेको आशङ्का गरिएको छ । साथै उनले नागरिकता लिँदा पेश गर्नुपर्ने कागजपत्रको अभिलेख फेला नपरेको बताइएको छ ।
सिरोहियाले भने आफूले वंशज नागरिकता लिएको तर त्यसबारे देखिएका कमजोरी प्रशासनको त्रुटिका कारण भएको हुन सक्ने भन्दै त्यसमा आफ्नो दोष नरहेको दाबी गर्दै आएका छन् ।