राष्ट्रिय सन्देश संबाददाता, सोमबार, ३ भाद्र, २०८१
तस्विर: राष्ट्रिय सन्देश
काठमाडौं, भदौ ३ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका- ७ तिपेनीमा सुख्खा पहिरो खसेको छ । सुख्खा पहिरो खसेर इन्द्रावती नदीको बहावमा अवरोध भएको छ ।
पहिरोले पाँचपोखरी प्राथमिक अस्पताल उच्च जोखिममा रहेको छ भने खोला थुनिएर तिपेनी बजार, हाइड्रोपावर, मेलम्ची बजारलगायत नदी तटीय क्षेत्र जोखिममा परेको जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।
जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले एक सूचना प्रकाशित गरि नदी थुनिन सक्ने भएकोले तल्लो तटीय क्षेत्रका नागरिकमा सावधानी अपनाउन र सुरक्षित रहन अनुरोध गरेको छ।
