राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, २३ कार्तिक, २०८०
काठमाडौँ — आज बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जाल संचालन निर्देशिका, २०८० पारित गरेको छ ।
सामाजिक संजालहरू फेसबुक, ट्विटर, टिकटक, युट्यूब, इन्स्टाग्रामलगायतमा राखिने सामग्री विकृत फैलिएको भन्दै उजुरी आउन थालेकोले सरकारले निर्देशिका ल्याएको हो ।निर्देशिकाले नेपालमा संचालन हुने सामाजिक सञ्जाल दर्ता गरेर चलाउनु पर्ने व्यवस्था गरेको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले के गर्न नहुने हो भन्नेबारे १९ बुँदा तयार पारेको छ ।कस्तो सामाग्री प्रसारण गर्ने सेयर गर्ने लगाएतका नियमहरु उल्लेख गरिएको छ। निर्देशिकाले केहि हदसम्म भएपनि सामाजिक संजालमा फैलिएको बिकृतिहरुलाई कम गर्ने आंकलन गरिएको छ। खासगरी फेक आइ डि बनाएर यस्तो बिकृति फैलाउने हरु सक्रिय भएका हुन्छन। अब सरकारको निर्देशिका लागु भएपछी त्यस्ता बिकृति फैलाउने व्यक्तिहरुलाई कडा सजाएको व्यवस्था हुन सक्नेछ।