शुक्रबार, ६ मंसिर, २०८२

सामाजिक संजाल लगायत एआईको दुरूपयोगगरि चरित्र हत्या गर्नेक्रम बढेपछि साइबर ब्युरोले दियो कारवाहीको चेतावनी

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २ भाद्र, २०८१

सामाजिक संजाल लगायत एआईको दुरूपयोगगरि चरित्र हत्या गर्नेक्रम बढेपछि साइबर ब्युरोले दियो कारवाहीको चेतावनी

तस्विर: गुगलबाट

काठमाडौं, भदौ २ । नेपाल प्रहरीको साइबर ब्युरोले सामजिक संजाल लगायत आर्टिफिसियल इन्टिलिजेन्स (एआई) लगायतको दुरुपयोग गरेर राजनीतिक नेतृत्वलगायतको चरित्र हत्या गर्नेक्रम बढेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । 

पछिल्लो समय सामाजिक सञ्जालमार्फत त्यस्ता एआईबाट निर्मित सामग्री प्रकाशन गर्ने गरेको पाइएको भन्दै ब्युरोले यस प्रकारको गतिविधिहरू नगर्न/नगराउन अनुरोध गरेको छ ।

ब्यूरोले भनेको छ- ‘पछिल्लो समय सामाजिक सञ्जाल, अन्य डिजिटल प्लेटफर्म र एआईलगायतका प्रविधिहरूको दुरुपयोग गरी कुनै संगठन तथा व्यक्तिलाई विशेष लक्षित रही चरित्रमा निर्मम आघात पुर्‍याउने उद्देश्यका साथ अतिरञ्जित तवरबाट कपोकल्पित र भ्रामक विषयमा श्रव्य दृश्य सामग्री तयार तथा प्रसारण गरी–गराई सामाजिक, पारिवारिक तथा राजनैतिक चरित्रहत्या गर्ने/गराउने घटनाक्रम बढ्दै गइरहेको पाइएको हुँदा यस प्रकारको गतिविधि गर्न अनुरोध गरिन्छ ।' 

advertisement_1676553851.gif