शुक्रबार, ६ मंसिर, २०८२

सोलुखुम्बुको थामे गाउँमा आयो बाढी, बाढीमा फसेका ७ जनाको उद्धार

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ३२ श्रावण, २०८१

सोलुखुम्बुको थामे गाउँमा आयो बाढी, बाढीमा फसेका ७ जनाको उद्धार

तस्विर: राष्ट्रिय सन्‍देश

काठमाडौं, साउन ३२ । सोलुखुम्बुको पासाङ थामे हिमताल भोटेकोसीको सहायक खोला (थामे) मा शुक्रबार दिउँसो हिमताल फुटेर एक्कासी आएको बाढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा-५ मा पर्ने थामे गाउँ प्रभावित भएको छ ।

बाढीको कारण विद्यालय-१, क्लिनिक-१, घर-७ वटा र ५ वटा होटेल पुर्णरुपमा क्षति भएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताइन् । लेदोसहित आएको बाढीमा फसेका ७ जनाको  नेपाली सेनाले उद्धार गरेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन् ।

खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ५ की वडा सदस्य आङमाया शेर्पाका अनुसार ४० भन्दा बढी घरमा बाढी पसेको जानकारी दिइन् ।

यसैबीच थामे गाउँमा आएको बाढीबाट सतर्क रहन तल्लो तटीय क्षेत्रका बासिन्दालाई जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । विभागले शुक्रबार विज्ञप्ति जारी गर्दै सोलुखुम्बुको जोरसल्लेदेखि तल दूधकोशीको तटीय क्षेत्रका बासिन्दाहरूलाई हुनेहरूले अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा जान अनुरोध गरेको हो ।

 ‘सोलुखुम्बुको जोरसल्ले देखि तल दुधकोशीको तटीय क्षेत्रमा हुनेहरूले अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहनुहुन अनुरोध छ ।’

त्यस्तै गृह मन्त्रालय विपद् महाशाखा प्रमुख भीष्मकुमार भुसालले सोलुखुम्बु थामे क्षेत्रबाट बाढीले थामे गाउँमा ठुलो क्षति पुर्‍याएको हुन सक्ने भन्दै तल्लो तटीय क्षेत्रहरू कुइभिर, दियाले, पोखरे, भदौरे, रवुवाघाट, तलुवा, मोली, वाक्सा, जयरामघाटसम्म सतर्कता रहन अनुरोध गरेका छन् ।

advertisement_1676551646.gif