राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, २६ असार, २०८०
काठमाडौँ। सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको बताइएको छ ।
मंगलबार बिहान सोलुखुम्बु बाट ५ यात्रु लिएर काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको हो ।
सोलुखुम्बुको सुर्केबाट ९ एन एमभी कलसाइन रहेको हेलिकप्टर बिहान १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको बताइएको छ ।
प्राप्त जानकारी अनुसार ९ बजेर ५२ मिनेटमा सुर्कीबाट उडेको हेलिकप्टरमा चालक सहित ५ जना विदेशी यात्रु थिए ।