राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २५ मंसिर, २०८०
काठमाडौं,२५ मंसिर । संघीय संसद्को महासचिव पदबाट डा. भरतराज गौतमले राजीनामा दिएका छन् । गौतमलेले आइतबार राजीनामा दिएका हुन् ।
उनको राजीनामा स्वीकृत भइसकेको राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ । ०७७ वैशाख २२ गते गौतम संघीय संसद्को महासचिव पदमा नियुक्त भएका थिए ।
उनको राजीनामाबारे आजै सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल समेत गरेका छन् ।
त्यस्तै आजै संघीय संसद्को महासचिव पदमा डा.पद्मप्रसाद पाण्डेयको नाम सिफारिस गरिएको छ । संघीय संसद्को महासचिवका रहेका डॉ. भरतराज गौतमले आइतबार पदबाट राजीनामा दिएका राजीनामा स्वीकृत भएसँगै प्रतिनिधिसभाका सभामख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेयको नाम सिफारिस गरेका हुन् । पाण्डेय प्रतिनिधिसभा सचिव हुन् ।