बुधबार, २१ आश्विन, २०८३

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २५ कार्तिक, २०८१

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति

पोखरा, कार्तिक २५ । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश नवराज दाहालको इजलासले आइतबार यो आदेश जारी गरेको हो।

जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो ।

लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

 

advertisement_1676553908.gif