राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २१ माघ, २०८०
काठमाडौं। राष्ट्रिय सभा अध्यक्षको चुनाव आउँदो फागुन २९ गते हुने भएको छ । सभा अध्यक्ष पदको निर्वाचन आगामी फागुन २९ गते गर्नेगरी सम्भावित कार्यसूची तय गरिएको हो ।
अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित राष्ट्रिय सभाका २० जना सदस्यको समयावधि आगामी फागुन २० गते सकिँदैछ। रिक्त हुने भएपछि नयाँ अध्यक्ष चयन गर्नुपर्ने व्यवस्था भएकोले राष्ट्रिय सभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले माघ र फागुनका लागि तयार गरेको सम्भावित कार्यसूचीबमोजिम अध्यक्षको निर्वाचन आगामी फागुन २९ गते गर्ने तय गरेको बताइएको छ।
सङ्घीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले पदावधि सकिएलगत्तै निर्वाचन गर्ने तयारी गरिएको जानकारी दिए।
गत माघ १० गते भएको निर्वाचनबाट राष्ट्रिय सभामा रिक्त हुन लागेका २० मध्ये १९ सदस्य निर्वाचित भइसकेका छन्।