राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २५ मंसिर, २०८०
काठमाडौं,२५ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा नेपालका २ सय भन्दा धेरै नेपालीहरू कार्यरत रहेको सरकारको सूचनामा आएको बताएका छन् ।
सोमबार आज पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमंत्री प्रचण्डले कोही भिजिट भिसा, कोही अध्ययन भिसामा रुसमा पुगेका २ सय जना नेपाली रुसी सेनामा भर्ती भएको जानकारी आएको र अहिले उनीहरूको अध्ययन र खोजी भइरहेको बताउनुभयो ।
‘रुसी सेनामा २ सयभन्दा बढी नेपाली कार्यरत छन् भन्ने आयो,तथ्यांक खोज्दैछु’, उनले भने, ‘युक्रेनी सेनामामा पनि नेपालीहरू कार्यरत रहेको पाइएको छ। त्यस्तै प्रधानमंत्री दाहालले उत्तिकै संख्यामा यूक्रेनमा पनि नेपाली रहेको तथ्यांक पाईएको समेत बताएका छन ।
रुसी सेनामा कार्यरत रहेका नेपालीमध्ये हालसम्म ६ जनाले ज्यान गुमाएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ भने केहि नेपाली यूक्रेनी सेनाको बन्धकमा परेको बताईएको छ ।