राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १४ मंसिर, २०८०
काठमाडौँ। रुसी सेनामा कार्यरत नेपालीको मृत्यु भएपछि सरकारले अध्ययन गर्नको लागि समिति बनाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उपसचिव दीपक ढकालको अध्यक्षतामा तीन सदस्यीय समिति बनाएको हो। समितिमा वैदेशिक रोजगार शाखाका अधिकृत धनन्जय यादव र कानुन अधिकृत उषा गौतम रहेको बताइएको छ। प्राप्त जानकारी अनुसार समितिले १५ दिनभित्र प्रतिवेदन पेस गर्नेछ।
सरकारले दलाल मार्फत धेरै नेपालीहरु विदेश गएकाले एकिन तथ्यांक नबाएको बताएको छ।
रुस-युक्रेन युद्धमा दोलखाका राजकुमार रोक्का, इलामका गंगाराज मोक्तान, गोरखाका सन्दीप थपलिया र स्याङ्जाका प्रितम कार्कीको मृत्यु भएको खबर सार्वजनिक भएको छ। यसबाहेक पनि थप नेपाली युद्धमा परेको हुन सक्ने आशंका गरिएको छ त्यसैले सरकार संग त्यस सम्बन्धि जानकारी लिन दबाब रहेको छ।