राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १७ पुष, २०८०
काठमाडौं। रुसी सेनामा भर्ना भएका थप तीन नेपालीको दुःखद निधन भएको छ । परराष्ट्र मन्त्रालयले मृत्युको आधिकारिक पुष्टि गरेसँगै रुसी सेनामा मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ । हालै मारिनेमा धादिङका राजकुमार गिरी, स्याङ्जाका हरिप्रसाद अर्याल र कैलालीका भरतबहादुर शाह रहेका छन् । यी व्यक्तिहरूले रुस-युक्रेन द्वन्द्वका क्रममा ज्यान गुमाएका थिए।
परराष्ट्र मन्त्रालय मृतक नेपालीको स्वदेश फिर्ता गराउन प्रयास भैरहेको बताएको छ । सरकारले नेपाली राजदूतमार्फत रुसी अधिकारीलाई शव नेपाल फर्काउने प्रक्रियालाई तीव्रता दिन औपचारिक अनुरोध गरेको छ । साथै, घाइते परिवारलाई क्षतिपूर्तिको माग गरिएको छ।
यसअघि रुसी सेनामा कार्यरत सात नेपालीले ज्यान गुमाएका थिए । यसअघि ज्यान गुमाउनेमा गोरखाका कुन्दनसिंह नागल, सन्दीप थपलिया, कपिलवस्तुका रुपक कार्की, कास्कीका दिवान राई, स्याङ्जाका पिताम कार्की, दोलखाका राजकुमार रोका र एलामका गंगाराज मोक्तान रहेका छन् ।
अर्को घटनामा युक्रेनमा चार जना नेपाली हिरासतमा परेका छन् । परराष्ट्र मन्त्रालयले बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पनेरु रहेको जनाएको छ । उनीहरुको तत्काल रिहाईका लागि युक्रेनी अधिकारीहरुसँग समन्वय गर्न सरकारले सक्रिय रुपमा काम गरिरहेको बताएको छ ।