राष्ट्रिय सन्देश संबाददाता, सोमबार, १८ मंसिर, २०८०
काठमाडौँ। रुसी सेनामा आबद्ध ६ जना नेपालीको मुत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयका अनुसार स्याङ्जा पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, मेलुङ गाँउपालिका–६, दोलखाका राजकुमार कार्की, बाणगंगा–१, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई र गोरखाका सन्दीप थपलियाको मृत्यु भएको बताइएको छ।
सोमबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै रुस-युक्रेन युद्धमा मारिएका ६ जना नेपालीको शव पठाउन रुस सरकारसँग अनुरोध गर्दै मृतकका परिवारलाई क्षतिपूर्ति दिन अनुरोध गरेको जनाएको छ ।