शुक्रबार, ६ मंसिर, २०८२

रामबहादुर बम्जनलाई १० वर्ष कैद, ५ लाख क्षतिपूर्ति सजाय

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १८ असार, २०८१

रामबहादुर बम्जनलाई १० वर्ष कैद, ५ लाख क्षतिपूर्ति सजाय

सर्लाही, असार १७ । बाल यौन दुरुपयोगमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाइएको छ । जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार बम्जनविरुद्ध यस्तो फैसला सुनाएकाे हाे । 

गत सोमबार ‘तपस्वी’ बम्जनले बालिका माथि यौनजन्य कसुर गरेको ठहर गरेको थियो । सोही विषयमा आज सजाय सुनाइएको हो । अभियुक्त बम्जन विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मलंगवाले भने १२ देखि १४ वर्ष सम्म कैद सजाय एवं पीडित परिवारलाई क्षतिपूर्तिको समेत मागदाबीसहित अभियोग पत्र दायर गरेको थियो ।

बारा जिल्लाको निजगढ नगरपालिका–१२ निवासी ३० वर्षीय बम्जनले यौनशोषण गरेको भन्दै २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा किटानी जाहेरी दिएको थियो ।  बम्‍जनलाई बालिकाको परिवारले सर्लाहीको लालबन्दी नगरपालिकास्थित पत्थरकोटमा रहेको आश्रममा हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोप छ ।

सोही मुद्दामा प्रहरीले बम्जनलाई पक्राउ गरेको थियो । बम्जनविरुद्ध पाँच परिवारले उजुरी दिएका छन् । आश्रममा बस्दै आएका तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोप छ । 

advertisement_1680627680.gif