शुक्रबार, ६ मंसिर, २०८२

रोल्पाको तालाबाङमा जिप दुर्घटना ७ जनाको मृत्यु, ८ घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १९ असार, २०८१

रोल्पाको तालाबाङमा  जिप दुर्घटना ७ जनाको मृत्यु, ८ घाइते

रोल्पा, असार १८ । रोल्पाको तालाबाङमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ। एक नाबालकसहित पाँचजनाको घटनास्थलमै र दुईको उपचारको क्रममा ज्यान गएको हो। आठ यात्रु घाइते छन्।

माडी गाउँपालिकाको घर्तीगाउँबाट वडा नम्बर ४ तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुका करिब ६ बजेतिर परेवा छहरा भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ। रोल्पा प्रहरीका डीएसपी भरत लामाका अनुसार पहिल्यै झरेको पहिरोलाई छलेर अगाडि बढ्न खोज्दा जिप दुर्घटनामा परेको हो । 

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक भरत लामाका अनुसार चालक सहति जिपमा १५ जना सवार थिए। दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट प्रहरी पुगेर उद्धार खटिएको थियो।

रोल्पा जलजला यातायात प्रालिबाट सञ्चालित उक्त जिप सडकबाट करिब चार सय मिटर तल पुगेको स्थानीयले बताएका छन्।

advertisement_1680627706.gif