शुक्रबार, ६ मंसिर, २०८२

परराष्ट्रमन्त्री डा राणा र भारतीय प्रधानमन्त्री मोदीबीच भेट

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ४ भाद्र, २०८१

परराष्ट्रमन्त्री डा राणा र भारतीय प्रधानमन्त्री मोदीबीच भेट

तस्विर: राष्ट्रिय सन्‍देश

काठमाडौं, भदौ ४ । भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट भएको छ । मंत्री राणाले सोमबार भेटवार्ता गरेकी हुन् ।

सो भेटका क्रममा नेपाल–भारत बहुआयामिक सम्बन्धका विविध पक्ष तथा दुई देशको आपसी हित र सरोकारका विषयमा कुराकानी भएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार हो। परराष्ट्रमन्त्रीको भ्रमण दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परा अनुरुप रहेको छ। भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन सहकार्यका नयाँ क्षेत्रबारे छलफल र पहिचान गर्ने अवसर पनि प्रदान गरेको उल्लेख गरिएको छ।

मन्त्री डा राणाले आजै भारतीय समकक्षी विदेशमन्त्री एस. जयशंकरसँग पनि भेटवार्ता गरेकी थिइन्। आज दिउँसो उनीहरूबीच भएको सो भेटवार्तामा द्विपक्षीय सम्बन्ध र आपसी हितका साथै उर्जा, व्यापार, पूर्वाधार निर्माण तथा सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको थियो।

advertisement_1676998982.gif