राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, २१ बैशाख, २०८१
काठमाडौँ । झापाको दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार भएको छ । हिमालय माद्यामिक विद्यालयमा अध्ययनरत छात्रामाथि गोली प्रहार भएको हो ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार हिमालय माद्यामिक विद्यालयमा अध्ययनरत उदयपुरकी एलीना अधिकारीमाथि गोली प्रहार भएको झापाका प्रहरी प्रवक्ता (डीएसपी) कृष्ण चन्दले जानकारी दिए। इलाका प्रहरी कार्यालय दमकका अनुसार उनी दमकमा डेरा गरी बसेर बढ्दै आएकी थिइन् ।
धिकारीलाई सिरहाका अमितकुमार यादवले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । नलाई दमक ५ ज्येष्ठ नागरिक प्रतिष्ठान अगाडि गोली हानिएको हो । गोली हान्नुको कारण र गोली हान्ने व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ ।
घाइते अधिकारीको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ ।