शुक्रबार, ६ मंसिर, २०८२

पहिरोले दुई बस बगाउँदा त्रिशूलीमा बेपत्ता, बसमा चालकसहित ६३ जना यात्रु रहेको अनुमान

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २९ असार, २०८१

पहिरोले दुई बस बगाउँदा त्रिशूलीमा बेपत्ता, बसमा चालकसहित ६३ जना यात्रु रहेको अनुमान

चितवन, असार २८ । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा दुई वटा बस त्रिशूली नदीमा बेपत्ता भएको छ । ती बसमा चालकसहित ६३ जना रहेको बताइएको छ ।

काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् । 

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान करिब साढे तीन बजेतिर भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा लेदो माटोसहितको पहिरोले बगाएर त्रिशूली नदी किनारमा खसालेको थियो ।

प्रजिअ यादवका जानकारीअनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उनले भने, “हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ ।

advertisement_1676551694.gif