शुक्रबार, ६ मंसिर, २०८२

पेट्रोलियम पदार्थको मूल्य घट्यो।

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २ चैत्र, २०८०

पेट्रोलियम पदार्थको मूल्य घट्यो।

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोलमा १ रुपैयाँ र डिजेल/मट्टितेलमा २ रुपैयाँ घटाएको हो।

नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य १७१ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५८ रुपैयाँ कायम भएको छ। खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ।

निगमका अनुसार नयाँ मूल्यसूची आज राति १२ बजेदेखि लागू हुनेछ।

advertisement_1676553851.gif