राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २७ असार, २०८०
काठमाडौं । प्रधानमन्त्री एबं माओवादी केन्द्रका अध्यक्ष पुष्मकमल दाहाल पत्नी सीता दाहालको आजै (बुधबार) पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।
त्यसअघि उनको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको माओवादी केन्द्रले जनाएको छ ।
माओवादी केन्द्रका अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिएको थियो। आजै दिउँसो २ बजे उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
प्रधानमन्त्री पत्नी सीताको आज बिहान ८ बजे ३३ मिनेट जाँदा उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको थियो।