राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २७ असार, २०८०
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधन भएको छ ।
लामो समय देखि अस्वस्थ सीताको आज (बुधबार) बिहान अचानक शरिरमा अक्सिजनको मात्र घटेपछि नर्भिक अस्पतालमा उपचारका लागि लगिएको थियो । बिहान सवासात बजे थप उपचारका लागि नर्भिक पुर्याइएको थियो ।
तर, उनको उपचारको क्रममा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमो ८ बजेर ३३ मिनेट निधन भएको अस्पतालले जनाएको छ ।सीता पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित थिइन् ।
