राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, २३ चैत्र, २०८०
गोरखा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा दरबारमा पुरातत्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन गरेका छन्।गोरखा नगरपालिकाले गोरखा दरबार परिसरमा आयोजना गरेको कार्यक्रमका बीच प्रधानमन्त्री प्रचण्डले उक्त धातु पृथ्वीनारायण शाहको गद्दी आसन छेउमा प्रतिस्थापन गरेका हुन् ।
उनले ऐतिहासिक र बहुमूल्य धातु क्वार्जको प्रतिस्थापन भएसँगै जिल्लाको महत्व अझ बढ्नुको साथै दाहालले पर्यटन प्रवर्धनमा थप योगदान पुग्ने बताए।
प्रहरीले गोरखा नगरपालिका ७ सतिपिपल स्थित एक घरबाट उक्त ढुंगा गत असार १४ गते बरामद गरेको थियो। बरामदपछि खानी तथा भूगर्भ विभागका भूगर्भविद्को समूहले अध्ययन गरी सो ढुंगा क्वार्ज क्रिस्टल भएको प्रमाणित गरेका थिए। उक्त धातुलाई पुरातत्व विभागले पनि बहुमूल्य प्रमाणित गरेपछि गोरखा दरबारमा राख्ने निर्णय मन्त्रिपरिषद्ले गरेसँगै आज दाहालले गोरखा दरबारमा राखेका हुन् ।
उक्त धातुको तौल ५२.३३० केजी रहेको छ ।