शुक्रबार, ६ मंसिर, २०८२

प्रधानमन्त्रीले लिए विमान दुर्घटनामा परी घाइते क्याप्टेनको स्वास्थ्यावस्थाबारे जानकारी

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ९ श्रावण, २०८१

प्रधानमन्त्रीले लिए विमान दुर्घटनामा परी घाइते क्याप्टेनको स्वास्थ्यावस्थाबारे जानकारी

काठमाडौं, साउन ९ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको क्रममा घाइते भएका क्याप्टेन मनिषरत्न शाक्यको अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका छन् । प्रधानमन्त्री ओली आफ्नो सचिवालयका सदस्यहरूसहित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल पुगेका हुन् ।

सो क्रममा प्रधानमन्त्री ओलीले उनको उपचारमा संलग्न चिकित्सक र परिवारजनसँग समेत कुराकानी गरेका थिए । सौर्य एयरलाइन्स आज दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो भने क्याप्टेन मनिषरत्न शाक्य घाइते भएका छन्।

दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव अहिले त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम भइरहेको छ ।

advertisement_1676998982.gif