शुक्रबार, ६ मंसिर, २०८२

प्रहरीको केन्द्रीय प्रवक्तामा दानबहादुर कार्की नियुक्त

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ३१ बैशाख, २०८१

प्रहरीको केन्द्रीय प्रवक्तामा दानबहादुर कार्की नियुक्त

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्की नियुक्त भएका छन् । प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा रहेका एसएसपी कार्कीलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो। 

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि एसएसपी कार्कीलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले सोमबार जनाएको छ ।

यसअघिका प्रहरी डिआइजी भीमप्रसाद ढकाल एआइजीमा बढुवा भएर मानव स्रोत विभागमा बढुवा भएपछि कार्कीलाई उक्त जिम्मेवारी दिइएको हो ।

उनलाई ९८५१२९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने प्रधान कार्यालयले जनाएको छ। 

advertisement_1676551694.gif