शुक्रबार, ६ मंसिर, २०८२

पूर्वसचिवसँग सहकारी संसदीय छानबिन विशेष समितिको छलफल

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १ श्रावण, २०८१

पूर्वसचिवसँग सहकारी संसदीय छानबिन विशेष समितिको छलफल

काठमाडौँ, साउन १ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले मंगलबार पूर्वसचिव र पूर्वमहालेखापरीक्षकहरुसँग छलफल गरेको छ ।

समितिले पूर्व महालेखापरीक्षक तथा पूर्व रजिस्ट्रार टंकमणि शर्मा, सहकारी मन्त्रालयका सचिवद्धय गोपीनाथ मैनाली र डा. दामोदर रेग्मीसँग छलफल गरेको हो ।

सहकारी ऐनको निर्माण, नियमनको प्रबन्ध, सहकारी सङ्कटलगायत विभिन्न संरचनाको कानुनी एवं व्यावहारिक अभ्यास र अनुभवका सम्बन्धमा छलफल भएको सूर्य थापाको भनाइ छ ।

उनका अनुसार आवश्यक कागजात मागिएका निकायका सम्पर्क व्यक्तिसँग फलोअप गर्ने, देशभरि राम्रोसँग सञ्चालन भइरहेका सहकारीसँग प्रतिनिधिमूलक छलफल गर्ने, विभिन्न व्यक्तिसँग गरिने सोधपुछको प्राविधिक तयारी र व्यवस्थापन गर्ने, सहकारी संस्थाका लेखापरीक्षकको अनुभवमा आधारित छलफल गर्ने निर्णय गरिएको बताए ।  

advertisement_1680627706.gif