शुक्रबार, ६ मंसिर, २०८२

पूर्वसभामुख महराका छोरा राहुलसहित ४ जनाविरुद्ध मुद्दा दायर।

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २४ आश्विन, २०८०

पूर्वसभामुख महराका छोरा राहुलसहित ४ जनाविरुद्ध  मुद्दा दायर।

काठमाडौँ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले इलेक्ट्रोनिक चुरोट (भ्याप) मा लुकाएर ल्याइएको  सुन तस्करी प्रकरणमा अनुसन्धान पूरा गरेको छ। शुक्रबार सरकारी वकिलको कार्यालयमा बुझाइएको अनुसन्धान प्रतिवेदनमा विद्युतीय चुरोट भित्र लुकाएर राखिएको करिब ९ किलो सुन तस्करीको विस्तृत विवरण रहेको छ । दुबईबाट चिनियाँ अपराधीले तस्करी गरेको आशंकामा उक्त सुन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको थियो ।

 

                      अनुसन्धानमा तस्करले चलाखीपूर्वक सुन भ्यापमा लुकाएर राखेको खुलेको छ । भ्याप देशमा ल्याइने तरिकामा शंका उत्पन्न भएपछि उक्त सामानलाई नियन्त्रणमा लिएर गोदाममा सुरक्षित रूपमा सिल गरिएको थियो । निवर्तमान सभामुख महरा र उनका छोरा राहुलको संलग्नता  देखिएपछि राहुल अनुसन्धानमा तानिएका   थिए । महरा र उनका छोराले बरामद भ्याप छाड्न भन्सार अधिकारीलाई दबाब दिएको बताइएको थियो । मुद्दाको आधिकारिक फाइलिङमा,उनलाई निर्दोष  देखाइ मुद्दा दायरमा उनका छोरा र अरु ३ जनालाई प्रतिवादी बनाएको छ ।

अहिले सुन तस्करीमा संलग्न दाबजिन वाङसहित ६ चिनियाँ तस्कर फरार छन् । उनीहरूलाई वान्टेड सूचीमा राखिएको छ, अधिकारीहरूले सक्रिय रूपमा उनीहरूको खोजि गरिरहेका  छन्।

advertisement_1676998982.gif