राष्ट्रिय सन्देश संबाददाता, सोमबार, १४ श्रावण, २०८१
काठमाडौँ, साउन १४ । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्न रहेको आरोपमा दुईजनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । साउन ६ गते राति सर्लाहीको चन्द्रपुर नगरपालिका– १ रत्नपुरस्थित आफ्नै घरमा पूर्वराज्यमन्त्री रायको हत्या भएको थियो ।
पक्राउ पर्नेमा रायकै घरमा काम गर्ने सर्लाहीको कविलासी नगरपालिकाका २५ वर्षीय राम उजैन राय र चन्द्रपुर गाउँपालिकाका ४६ वर्षीय वीरेन्द्र राय छन् ।
उनीहरूले पूर्वराज्यमन्त्री रायको हत्यामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
दुवैजना माथि कर्तव्यज्यान मुद्दामा सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।
साउन ७ गते राति सर्लाहीको चन्द्रपुर गाउँपालिका १ रतनपुरमा पूर्व भूमिसुधार राज्यमन्त्री रायको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।