राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, २९ जेष्ठ, २०८१
काठमाडौं, जेठ २९ । काठमाडौं जिल्ला अदालतले पूर्वन्यायाधीश भुवन गिरीलाई जबरजस्ती करणीको मुद्दामा दोषी ठहर गर्दै ७ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गा भुसालको इजलासले गिरीलाई पूर्वश्रीमतीसँग सहमति बेगर शारीरिक सम्पर्क राखेको ठहर गर्दै दोषी ठहर गरेको हो । अदालतले उनलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि सुनाएको छ। जरिवानाको रूपमा सुनाएको उक्त रकम पीडितले पाउने छिन् ।
जिल्लाले यसअघि उनलाई जेठ १३ गते दोषी ठहर गरेको थियो।उक्त फैसलाको सजाय निर्धारण गर्दै कैद र जरिवाना तोकेको हो।
सम्बन्ध बिच्छेदपछि पनि पूर्व श्रीमतीको सहमति बिना शारीरिक सम्पर्क राखेको आरोपमा गिरीविरुद्ध मुद्दा दायर भएको थियो । जिल्लाले फौजदारी अभियोगमा दोषी ठहर गरेपछि उनले न्यायाधीश पदसमेत गुमाइसकेका छन् ।