राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १३ श्रावण, २०८१
काठमाडौं, साउन १३ । सर्वाेच्च अदालतले पूर्वमन्त्री गाेविन्दराज जाेशीलाई भ्रष्टाचार मुद्दामा दाेषी ठहर गरेकाे छ । न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले आज पूर्वमन्त्री जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै नाै महिना कैद र ६९ लाख १५ हजार रुपैयाँ जरिबानाको सजाय सुनाएको हो ।
यसअघि विशेष अदालतले जोशीलाई गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै डेढ वर्ष कैद र दुई करोड १६ लाख १४ हजार तीन सय ७६ जरिवाना हुने फैसला सुनाएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री जोशीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा २०६० सालमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।